मंगलबार, साउन १२ २०८३

१२ साउन २०८३ , मंगलबार | July 28, 2026 Tuesday

उ प्रकृतिको भुलमध्ये कि एउटा अर्को भुल

उ प्रकृतिको भुलमध्ये कि एउटा अर्को भुल

220
Shares
220
Shares

उनी रुन मात्र मन पराउछिन्, शोकमा पनि, सुखमा पनि । एउटै क्रिया र एउटै परिणतिले दाहोरो भूमिका खेले जस्तो लाग्छ । उनी जीवनको दुई भुमिका एउटै सत्यसँग समीप छन् । सुन्दरता शत्रु र मित्रु, शालीनता सम्माकर्षण र विकर्षण १ यो उनको जीवनकथा, आशु वा फुल, कला वा भुल ! तैपनि उनी नारी भएकीले आफूलाई पत्रपत्रमा कलागत सान्निध्यमा ‘शो केसको गेली आर्ट’ को भूमिकामा जीवन्त देखिएकी छन् । उनी गुलाव वा जेवी, शीत वा आशु जे पनि बनिदिन सक्छिन् । जून पनि भनिइन सक्छिन् । उनी एकसाथ निसिद्ध प्रेम कथाकी परित्यक्त पात्र वा सफल प्रणय सूत्रको आलिङ्गनमा वाधिइन सक्छिन् । लाग्छ प्रकृति आफ्नो ठटेलीमा एक अञ्जानालाई लोलाउने, बोलाउने, खेलाउने र भत्काउने गर्दछ । त्यसैले उनी प्रकृतिको फुलवारीमा फक्रदै, कक्रदै, फुल्दै मुर्झाउदै श्रृङ्गारिदै तिक्तिदै फुल वा भुलको यात्रा गरिरहेकी छन् ।

उनी आफु व्यक्तिन पनि लामो समय पर्खिन्छिन् । विश्वासको कणमा भुल्ने गर्छिन् । प्रेममा शङ्का र जीवनमा धोका गर्छिन् । धोकामा विश्वास र शङ्कामा संसार पनि निर्माण गर्छिन । उनीमा सृष्टि संतृप्त हासेको छ । उनीलाई पक्कै थाहा भएको हुनुपर्छ उनकै खुसीमा सृष्टि वयेलिएको हुन्छ । तर सोच एउटा विशाल बटबृक्ष बैशाखको पाखण्ड गर्मीभरि बटुवाहरुको यात्रा सहयोगी हो । जहा खकन र ढाकरले विश्रामपाएर तिम्रो ओतमा सुइकककय सुसेल्दै आफनो यात्राको पहिलो पटाक्षेपलाई पूरा गर्छन्, र फेरि शिखर उक्लन्छन् । तिमी पुनः नवआगमीलाई त्यही क्रिया दोहो¥याउछ्यौ । सवै सवै प्रतिविसाउनीमा तिम्रो प्रतीक्षा गर्छन् । सोच—बैशाखले कोल्टे फेरे तिमी ओत दिन सक्दिनौ । तिमी काया परिवर्तनमा छ्यौ । त्यसैले केहीतक तिम्रो आवश्यकता पनि महशूस नहुन सक्छ । तर तिमी एउटा युग र प्रकृतिलाई समप्ति माग्दै अर्को यात्रालाई स्वागत गरि रहन्छ्यौ । त्यसैले तिमी गतिहीन जस्तो देखिए पनि प्रकृतिको पनि प्रकृति, स्थीर देखिएर पनि गतिशील कर्ममा निमग्न छ्यौ । त्यसैले तिमी ‘सुक्ष्म प्रकृति’ !

प्रेम, आशक्ति नदीबनेर वग्दा तिम्रो प्राप्ति किनारा बनिदिन्छ । तैपनि तिमी त्यै कोरा जीवनलाई क्यान्भासमा कलाकृत गर्ने कालिगर हौ । तिमीले चाहेको लक्ष्य उपार—पारको क्षितिजझै सर्वत्र दूर छ । उ तिमीलाई मीठो प्रलोभनमा भुलाउदै नजिक तान्छ, फेरि अल्लारे प्यारको बालक बनेर पहाड चढ्छ्यौ, जहाँ उ अझ दुरीको सपना बनि सकेको हुन्छ । तिमी तेज दिन्छ्यौ, अरु यात्रा गर्छन् । तिमी साथ दिन्छ्यौ, कोही सफलता लिन्छ । जव तिमी धिप्प निभ्छ्यौ, यात्रा उ टुङ्ग्याउदैन, न तिमीलाई एकबार सहानुभूतिका वाणीमा केही भन्ने गर्छ, तर अगि बढ्छ अर्को साथमा । तिम्रा पवित्र आशुमा पनि कोही स्वाद लिन्छ । क्लीयोपेट्रा वा कुन्ती बनाउछ, उर्वशी वा राधा सोच्छ र आदर्शमा कुर्लन्छ—‘धरति र आकाश नै सृष्टिका संग्रहकर्ता हुन, मानव सभ्यताका दुई कर्ता अनि प्रियतम—प्रियतमा ।’ आधा धरितलाई संवोधन नगर्ने विकास अधुरो र पक्षपाती हुन्छ, सभ्यता असमान हुन्छ । माया र प्रीतीका कुरा गरेर पनि उ कहिल्यै थाक्दैन । पिरति र परिणयका अभिनयमा उसले कति आदर्श पिएको थियो ? उच्चता उडेको थियो ? वास्तविकतामा उसैले तिमीलाई प्रकृतिक हुन बाट चौघेरामा थुनेको छ, चौवन्दीमा भुलाएको छ । तर प्रतिदिन प्रतियात्रा तिमी कसैका लागि परिधिशून्य मुस्कान फ्यास्स पोख्छ्यौ । शायद त्यो प्रकतिप्रति दिएको मीठो व्यङ्ग्य होला !

असीम वेदनाले हो कि क्या, तिमी व्यक्तिन माध्यमको खोजी गछ्र्यौ, तर तिम्रो अभिव्यक्ति कि मुस्कान वा आशु भै दिन्छ । तिम्रो मनलाई साँच्चै पोख्ने अभिब्यक्तिको आविस्कार अहिलेसम्म पनि विज्ञानले गर्न सकेको छैन । त्यसैले तिमी नवोलिकनै केही बुझिदिने सहाराको खोजि गछ्र्यौ । जसलाई तिम्रो मनले पुरुष र पुरुषत्व सम्झेको हुनुपर्छ । मन नलागीकन तिरस्कार फर्काउनु पर्नेलाई पनि, झुठा आश्वासन बाँड्नेलाई पनि हलुका फिस्स मुस्कान दिनु पनि तिम्रो नियाति । प्रेममा स्नीग्ध बन्न पनि संदेह राख्नु पर्ने वाध्यता । आफ्नै छायादेखि पनि तर्सनु पर्ने अवस्था । कसैका लागि जीवन अर्पेकी राधा जीवन अवधिमा कृष्ण पाउन सक्तिन, तै पनि कृष्ण आफ्नो आदर्श बनाउन पाएकोमा खुसी हुन्छे र संधै उसैकालागि समर्पित बन्छे । भावनाले समर्पित हुन्छे । नियतिले पटक पटक दङ्ग्याएको छ, किचेको छ, निचोरेको छ, चुसेको छ र तिमी थङ्थिलो भएकी छौ । तर आमा बनेर सृष्टिलाई उचाइ दिन नै यी सव तिमीले स्वीकारेकी हौ । त्यसैले तिमी सिर्जना हौ, तिमी प्रकृति हौं । प्रकृतिले प्रसव वेदनालाई पनि सिर्जनाका लागि स्वीकारे कि हुन्छिन् ।

यसो भनौ, प्रेम भनियो—परिभाषा छैन, जीवन भनियो जीवनबोध छैन, भावना भनियो अनुभूति पनि देखिदैन, क्रियामाथि प्रतिक्रिया पनि छैन । तिमी, र त भनौं न फूल बनेर फुल्न सक्यौ, न काडा बनेर कोपर्न सक्यौ ! फूल र काडाको जरासन्ध हो तिम्रो जीवन । तिमी त्यसैले निषिद्ध आवृत्तिमा अव्यक्त अवान्तर । ‘पाउनु र गुमाउनु’को दोसाँध तिमी । हो तिमी प्रकृतिपटमा कसैले आफूलाई उतार्न कोरेको तर उतार्न नसकेको बाङ्गोटिङ्गो अमुर्त रेखाचित्र । रेखाजस्तो सरल र सहजहुन न तिमीलाई प्रकृतिले दियो, न प्रकृतिले रेखा बनाउन खोज्दा सहज बन्यौ । त्यसैले तिमी अपरिव्यक्त, अमुर्त र आस्मानी कलाचित्र !

(विस वर्ष अघिको अप्रकाशित डायरीबाट)

  • प्रतिक्रिया दिनुहोस

    गोपी मैनाली का अरू रचना

    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend