डेनभर, कोलोराडो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), कोलोराडो शाखाको आयोजनामा आगामी जुलाई २५, २०२६ (शनिवार) का दिन २१३ औँ भानु जयन्ती तथा विशेष सम्मान कार्यक्रम आयोजना हुने भएको छ।
अनेसास कोलोराडो शाखाको स्थापना कालदेखि नै कोलोराडोवासी नेपाली समाजले विशेष महत्त्वका साथ परम्परागत रूपमा मनाउँदै आएको आदिकवि भानुभक्त आचार्यको जयन्तीका अवसरमा यो कार्यक्रम गर्न लागिएको हो।
यस वर्षको भानु जयन्ती समारोहका साथै हालै भव्यताका साथ सम्पन्न भएको नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन लाई सफल बनाउन अमूल्य योगदान पुर्याउनुहुने सहयोगीहरू, स्वयंसेवकहरू, तथा विभिन्न व्यक्तित्वहरूको योगदानको उच्च कदर गर्दै उहाँहरूलाई सम्मान गर्ने कार्यक्रम समेत राखिएको आयोजकले जनाएको छ।
अनेसास कोलोराडो शाखाले कोलोराडो तथा वरपरका क्षेत्रमा रहनुहुने सम्पूर्ण अनेसासका आजीवन सदस्यहरू, ट्रस्टी सदस्यहरू, पूर्व कार्यसमितिका पदाधिकारीहरू, समाजसेवीहरू, स्थानीय संघ-संस्थाका प्रतिनिधिहरू तथा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई कार्यक्रममा गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा र अनुरोध गरेको छ।
कार्यक्रमको विवरण:
मिति: जुलाई २५, २०२६, शनिवार (July 25, 2026 / Saturday)
समय: अपराह्न ४:०० बजेदेखि
स्थान: नेपाली घर (Nepali Ghar)
ठेगाना: 4001 W 76th Ave, Westminster, CO 80030

© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend