सोमबार, असोज ५ २०८३

५ असोज २०८३ , सोमबार | September 21, 2026 Monday

दुई महिने शिशुको डाइपरमा ब्राउन सुगर लुकाएर तस्करी, चार जना पक्राउ

दुई महिने शिशुको डाइपरमा ब्राउन सुगर लुकाएर तस्करी, चार जना पक्राउ

47
Shares
47
Shares

झापा — झापाको भद्रपुरमा दुई महिने शिशुको डाइपरभित्र लुकाएर भारतबाट नेपालतर्फ ब्राउन सुगर ल्याउँदै गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

बिहीबार साँझ भद्रपुर–५ बसपार्क क्षेत्रमा शङ्कास्पद अटो जाँच गर्ने क्रममा शिशुको डाइपरभित्र प्लास्टिकमा प्याक गरिएको ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा अटो चालक मोहित आलम, उनकी श्रीमती जेनेतुन खातुन, दुई महिने शिशु र अटोमा सवार मोहम्मद तजरुल रहेका छन्। प्रहरीले उनीहरूको साथबाट करिब ९ ग्राम ८५ मिलिग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend