सोमबार, असोज ५ २०८३

५ असोज २०८३ , सोमबार | September 21, 2026 Monday

श्रीमती कुट्ने पाइलट प्रहरी हिरासतमा

श्रीमती कुट्ने पाइलट प्रहरी हिरासतमा

45
Shares
45
Shares

काठमाडौँ । श्रीमतीमाथि कुटपिट गरेको आरोपमा बुद्ध एयरका पाइलट आदित्य कसजु पक्राउ परेका छन्। पीडित पक्षले दिएको उजुरीका आधारमा ललितपुर प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार कसजु पाँच दिनदेखि प्रहरी हिरासतमा छन्। उनीमाथि घरेलु हिंसासम्बन्धी उजुरी दर्ता भएपछि अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनकी श्रीमती हेलिकप्टर परिचारिकाका रूपमा कार्यरत रहेको बताइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अनुसन्धान प्रक्रिया जारी रहेकाले कसजुलाई शुक्रवार म्याद थपका लागि जिल्ला प्रशासन कार्यालय, ललितपुरमा उपस्थित गराइने तयारी गरिएको छ।

प्रहरीले घटनासम्बन्धी आवश्यक प्रमाण संकलन तथा बयान लिने कार्य भइरहेको जनाएको छ। अनुसन्धानको निष्कर्षका आधारमा थप कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जानकारी दिएको छ।

  • प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend