सोमबार, असोज ५ २०८३

५ असोज २०८३ , सोमबार | September 21, 2026 Monday

ट्रम्पले ‘एआई फोर्स’ गठन गर्ने घोषणा

ट्रम्पले ‘एआई फोर्स’ गठन गर्ने घोषणा

7
Shares
7
Shares

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको विकासलाई तीव्रता दिन ‘एआई फोर्स’ गठन गर्ने घोषणा गरेका छन् ।

शनिवार ट्रुथ सोसलमार्फत ट्रम्पले एआईको विकासलाई रोक्ने वा सुस्त बनाउने पक्षमा आफू नरहेको बताएका छन्। उनले प्रस्तावित ‘एआई फोर्स’लाई आफ्नो पहिलो कार्यकालमा गठन गरिएको ‘स्पेस फोर्स’सँग तुलना गर्दै आगामी दिनमा नयाँ ‘एआई जार’ नियुक्त गर्ने बताएका छन् ।

ट्रम्पले एआईलाई आगामी औद्योगिक क्रान्ति वा इन्टरनेटजस्तै महत्वपूर्ण प्रविधि भन्दै अमेरिकाको आर्थिक विकास र चीनसँगको प्रविधिगत प्रतिस्पर्धाका लागि यसको विकास आवश्यक रहेको बताएका छन् ।

एआईको तीव्र विकासले मानव सुरक्षामा जोखिम बढाउन सक्ने भन्दै केही प्रविधि विज्ञ तथा उद्योग नेतृत्वले विकासको गति घटाउन र थप सुरक्षा उपाय अपनाउनुपर्ने धारणा राख्दै आएका छन्। ट्रम्पले भने यस्ता चिन्तालाई अस्वीकार गर्दै विद्यमान फौजदारी तथा नागरिक कानुनमार्फत गलत प्रयोग नियन्त्रण गर्न सकिने बताएका छन् ।

  • प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend