सोमबार, असोज ५ २०८३

५ असोज २०८३ , सोमबार | September 21, 2026 Monday

मनास्लुमा हिउँपहिरो: जर्मन आरोही र नेपाली सहयोगीसहित २ जनाको मृत्यु, यस याममा मृत्यु हुनेको संख्या ४ पुग्यो

मनास्लुमा हिउँपहिरो: जर्मन आरोही र नेपाली सहयोगीसहित २ जनाको मृत्यु, यस याममा मृत्यु हुनेको संख्या ४ पुग्यो

6
Shares
6
Shares

गोरखा – मनास्लु हिमालमा हिउँ पहिरो जाँदा जर्मनीका नागरिक र उनका नेपाली आरोहण सहयोगी गरी दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार, भारतीय मूलका जर्मन आरोही ध्रुवज्योति गुहा र उनका सहयोगी फुर्सेम्बा शेर्पा तेस्रो शिविरमा सुतिरहेको अवस्थामा माथिबाट आएको करिब सात फिट हिउँले पुरिएर मृत्यु भएको हो । उनीहरू मकालु एड्भेञ्चर कम्पनी प्रालिमार्फत मनास्लु आरोहणमा गएका थिए । मृतकको शव सोमबार हेलिकप्टरमार्फत काठमाडौँ ल्याउने तयारी भइरहेको छ ।

यस घटनासँगै मनास्लुमा यस आरोहण याममा मृत्यु हुनेको संख्या ४ पुगेको छ । यसअघि दोस्रो शिविरमा सिङ्गापुरका ५० वर्षीय आरोही लाउ वी सेङ र आधार शिविरमा २० वर्षीय नेपाली सहयोगी टासी शेर्पाको मृत्यु भइसकेको छ ।

मनास्लु आरोहणका लागि यस याममा ४८० विदेशी आरोहीले अनुमति लिएका छन् । हिमालमा रोप फिक्सिङको काम सम्पन्न भइसकेको छ र आरोहीहरू अन्तिम तयारीमा जुटेका छन् ।

Photo: Google

  • प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend