प्रभाति र्मिमिरेमा मन्दिरको ढोका खुलेपछि भित्र छायाजस्तो आकृतिले प्रवेश गर्यो । मन्दिरमा बलिरहेको ज्योतिले त्यो आकृतिलाई मानिसमा परिणत गरिदियो । आकृतिका वरिपरि केही सेवाहरू मणि माणिक्य बोकेर झुकेका थिए । त्यस मासिमा रुपान्तरित आकृतिको चम्किलो औँठीमा पुजारीको नजर परेपछि उनले त्यसदिन ‘विशेष पुजनोत्सव’को प्रबन्ध मिलाइदिएका थिए । बिस्तारै आकृतिले शिर निहुऱ्याएर भगवान्ति प्रार्थना गर्यो ।
‘हे भगवान् ! मलाई क्षमा गर्नुहोस् ।’ आकृतिले क्षमा याचनामा भगवान् मौन हुनुहुन्थ्यो । वातावरण स्तब्ध थियो । त्यो मानिस साधारण भक्त थिएन । ऊ त्यस राज्यको सबैभन्दा धनाढ्य व्यक्ति थियो । उसको इशारामा सबै नाच्दथे ।
यो आकृति चानचुने कदको व्यक्ति थिएन । हत्याहिंसा, बलात्कार, लुटपाट, मानव बेचबिखन र सबै प्रकारका भ्रष्टाचारजन्य कुकृतयहर उसको खातामा दर्ता गरिएका थिए ।
नैतिकता, आदर्शता, विश्व मानवतावाद, सदाचारदेखि अधिकारसम्मका विषयमा वकालत गर्ने यो आकृति विशेष ‘कुटिल’ थियो ।
यो कुटिल आकृति भगवान्को शरणमा आइपुग्नु चाहिँ अर्को रहस्यपूर्ण यात्रा थियो । उसको द्वैत चरित्रको कुटिलता बाट भगवान् पनि अचम्मित हुन पुगेका थिए ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend