सोमबार, असोज ५ २०८३

५ असोज २०८३ , सोमबार | September 21, 2026 Monday

सन्त्रस्त द्वारहरू

सन्त्रस्त द्वारहरू

191
Shares
191
Shares

लघुकथा

को हो ऊ जसले फाटक खोल्यो ।
त्यस वेला लोलिटाले भनेकी थिई । खोल्दै नखोल्नू ज्योतिर्लिङ्ग ।
कथा परम्परा नखोल्नू भनिएको थियो ।
तथापि कसैले कसैलाई केही भनिएको थिएन ।
त्यसैले बाहिर निर्जन अन्धकार थियो ।

जसलाई अकिञ्चन भनिएको थियो ।
र जसले बन्द गर्‍यो द्वार ।
अन्तशमा रित्तिएको थियो प्रकाश ।
यो जो हो, कोचाहि होइन ऊ ।

जसले प्रकाशजस्तो प्रकाशको आयु खोजिरहेको थियो ।
सनातनदेखि उघ्रिन नसकेको द्वार जस्तो द्वार ।
प्रवेश द्वार ।
उल्का खित्कामा थियो ।

गजवार उघारेर, छेस्किनीलाई संकेत गर्दै, डायल गर्नुपर्ने रिसिभर,
घुमाएन कहिल्यै पनि ।
हेरिरह्यो मात्र ।

उसको मौन प्रश्नले एउटै सामान्यता राख्थ्यो, र दोहोऱ्याइरहन्थ्यो जसलाई ।
एक अनुत्तरित त्रास ।
कपोलकल्पित अट्टहास ।

  • प्रतिक्रिया दिनुहोस

    युवराज मैनाली का अरू रचना

    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend