काठमाडौँ, — सरकारले अनलाइन सट्टे बाजी नियन्त्रण अभियानअन्तर्गत पछिल्लो चार महिनामा करिब २ लाख ५० हजार वेबसाइट र एपको युआरएल (URL) नेपालमा पहुँच नहुने गरी बन्द गरेको जनाएको छ ।
नेपाल दुरसञ्चार प्राधिकरणका अनुसार अनलाइन बेटिङ र अवैधानिक वित्तीय कारोबारमा प्रयोग हुने वेबसाइट तथा एपहरू पहिचान गरी इन्टरनेट सेवा प्रदायकमार्फत ब्लक गर्ने अभियान जारी छ। विश्वकप फुटबलका बेला बेटिङ प्लेटफर्मको गतिविधि बढेपछि नियन्त्रणलाई थप प्रभावकारी बनाइएको प्राधिकरणले जनाएको छ ।
यस्तै, नेपाल प्रहरीले पनि अनलाइन सट्टेबाजीमा संलग्न र यसको प्रचारप्रसार गर्ने व्यक्तिमाथि कारबाही तीव्र बनाएको छ। नेपालमा जुवा तथा सबै प्रकारका सट्टे बाजी कानुनतः प्रतिबन्धित छन् ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend