बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

भन त “म” को हु…?

भन त “म” को हु…?

162
Shares
162
Shares

नयनका परेली भित्र “म” छु।
शयनका सपनी भित्र “म” छु।
उनिएका तरेली भित्र “म” छु।
पवित्र नलिनी भित्र “म” छु।
जताततै “म” छु।

छरपस्ट विचारभित्र “म” छु।
खुम्चिएको सानो “मनभित्र ““म” ” छु
फैलिएको यो आकाशभित्र ““म” ” छु।
शान्त भई बग्ने यी नदीभित्र “म” छु।
जताततै “म” छु।

शरीरमा उत्पन्न संवेदनामा “म” छु
तिम्रा प्रत्येक आवाज भित्र “म” छु।
देखिने तिमीभित्र पनि “म” छु।
नदेखिने तिमीभित्र पनि “म” छु।
जताततै “म” छु।

साधनाको साध्यभित्र पनि “म” छु
श्रवणको प्रत्येक गहिराइमा “म” छु।
दृष्टिको प्रत्येक नजरमा “म” छु।
“म” को यात्रा भित्र पनि “म” छु।
जताततै “म” छु।
तर पनि,
“म” देखि “म” भागिरहेछु
“म” भित्र “म” भएर पनि
“म” लाई नै “म” खोजिरहेछु
गन्तव्य “म” हुँ।
पथ पनि “म” हुँ।
तर पनि “म” देखि “म” विमुख छु।
अब भन त “म” को हु…?

  • प्रतिक्रिया दिनुहोस

    रमा दुलाल का अरू रचना

    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend