आफूभित्रको सम्बन्धमात्र एक सत्य हुन्छ
जीवन कहिले हाँसो,कहिले आँसुको व्यथा हुन्छ,
समयसँगै बदलिँदै जाने एउटा मिठो कथा बन्छ।
सपना धेरै देखिन्छन्, सबै पूरा कहाँ हुन्छन् र.. ?
दुःखेको मनको कुनामा पनि झिनो आशा हुन्छ।
कहिले घाम त कहिले बादल छाया झैँ लाग्छ,
यस्तै उतार-चढावमै जीवन यो रङ्गिन हुन्छ।
दुख्नु र दुखाउनु त जीवनका नियतिहरू हुन्,
संकल्प गर्नेको कथा नै सधैँ अगाडि बढ्ने गर्छ।
कति खोज्नु खुसी सधैँ बाहिरी मार्गहरूमा,
आनन्द आफ्नैभित्र जतनले लुकेको हुन्छ।
हामी भेट्छौँ छुट्टिन्छौँ समयको भेलहरूसँगै,
अतः आफूभित्रको सम्बन्धमात्र एक सत्य हुन्छ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend