मंगलबार, साउन १२ २०८३

१२ साउन २०८३ , मंगलबार | July 28, 2026 Tuesday

मेरी आमा

मेरी आमा

65
Shares
65
Shares

आमा नहुँदा जीवन नै खाली जस्तो लाग्छ किन?
आमाको अभावको पीडा किन घट्दैन दिनानुदिन?
तिम्रै सम्झनाको धागोमा बाँधिएर बस्छु चुपचाप,
तिम्रो अभावले बनाउँछ शून्यताको मनमा गहिरो राप।

तिम्रो मुहार मानसपटलमा उज्यालो झल्किन्छ,
टुट्न लागेका सपना र निराशा सबैलाई चिरिदिन्छ।
आमाबिनाको संसार अधुरो अनि सुनसान छ,
तिम्रो माया नै थियो जीवन, आज त्यो स्पर्श हराएको छ।

तिमी नभए पनि जीवनले सृष्टि थामेको छ,
तिम्रो स्वर खोज्दा आशाले मन आफैँ धानेको छ।
एक्काइस वर्ष बिते आमा, तर घाउ अझै ताजै छ,
समयले पनि मेट्न नसकेको तिम्रो मायाको राजै छ।

तिमी भएको भए लाग्छ पीडा सजिलै हराउँछ,
सानो चोटले पनि आज मनमा आँधी चलाउँछ।
सपनामा आउँछौ आमा, अँगालो हालिदिन्छ्यौ,
टुटेका आशाका किरणलाई तिम्रो ममताले जुटाइदिन्छ्यौ।

तिम्रो यादमै बाँच्न सिकेँ, यही मेरो जीवनको आधार,
तिमी बिना पनि तिम्रै मायाले बाँधिएको मेरो संसार।
तिम्रो मायाले नै दिन्छ जीवनलाई उज्यालो रंग,
तिमी नभए पनि तिम्रो सम्झनाले धड्किन्छन् हरेक अंग।

पृथ्वी नारायण क्याम्पस, पोखरा

  • प्रतिक्रिया दिनुहोस

    पिताम्बर पौडेल का अरू रचना

    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend