बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

हिउँदको वर्षा

हिउँदको वर्षा

89
Shares
89
Shares

हिउँदको वर्षा, चिसो छ साँझ,
न्यानो सम्झना ल्याउँछ सबमाझ।
हिउँदको वर्षा, मौन छ मन,
तर आशाले भरिएको छ गगन।
रूखहरूभए नाङ्गा, पातहरू हराए,
हावा पनि त मन्द बगिरह्यो।
तर तिमी आयौ सम्झनामा,
हिउँदमा पनि न्यानो स्पर्शमा।
हिउँदे पानीको थोपामा लुकेको कथा,
मनको गहिरो पीडा अनि छ ब्यथा ।
शुन्य आकाशले बोल्छ मौनता,
सपना झैँ झरिरहेछ वर्षा।
चिसोमा पनि तातो छ आशा,
वसन्त फेरि आउँछ नि अबता ।
हिउँदको वर्षा सकिएपछि,
जीवनमा फेरि मुस्काउँछ आशा।

पिताम्बर पौडेल
पृथ्वीनारायण क्याम्पस, पोखरा

  • प्रतिक्रिया दिनुहोस

    पिताम्बर पौडेल का अरू रचना

    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend