वासिङ्टन, अमेरिकी गृह सुरक्षा विभाग (DHS) ले आफ्नो ‘Worst of the Worst’ वेबसाइटमा थप ५ हजार आपराधिक अभियोग लागेका अवैध आप्रवासीको विवरण सार्वजनिक गरेको छ । नयाँ सुचीमा तीन नेपाली नागरिक थपिएसँगै उक्त वेबसाइटमा समावेश नेपालीको संख्या १० पुगेको छ।
नयाँ सुचीमा पेन्सिल्भेनियाका शंकर कार्की, टेक्ससका टंक पराजुली र म्यासाचुसेट्सका प्रसिद्ध बरुवाल रहेका छन्। डीएचएसका अनुसार उनीहरूविरुद्ध क्रमशः ठगी, लागु औषध तथा सार्वजनिक भवनमा आगजनी र डकैतीसम्बन्धी अभियोग उल्लेख गरिएको छ ।

यसअघि पनि विभिन्न अमेरिकी राज्यबाट पक्राउ परेका सात नेपाली नागरिकको विवरण उक्त वेबसाइटमा समावेश गरिएको थियो। डीएचएसले वेबसाइटमा देखाइएका विवरण देशभर पक्राउ परेका व्यक्तिहरूमध्ये केहीको मात्र भएको र आगामी दिनमा थप अद्यावधिक गरिने जनाएको छ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend