बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

अरोरा सेन्टेनियलको समर पिकनिक सम्पन्न (फोटो फिचर)

अरोरा सेन्टेनियलको समर पिकनिक सम्पन्न (फोटो फिचर)

36
Shares
36
Shares

कोलोराडो । अरोरा सेन्टेनियल समुदायले यस वर्षको ग्रीष्मकालीन (समर) पिकनिक सेन्टेनियल पार्कमा गत आइतबार सम्पन्न गरेको छ । करिब ५०० जनासहितको उपस्थितिमा सम्पन्न यस कार्यक्रममा विभिन्न खेलकुद, राफल तथा मनोरञ्जनात्मक गतिविधिहरू समावेश गरिएको थियो ।

कार्यक्रममा विभिन्न खेलकुद तथा प्रतियोगिताहरू आयोजना गरिएको थियो । राफलको विजेताहरूमा प्रयान श्रेष्ठ, कृष्ण लामिछाने, मुना गौतम र मैरा विजेता बने । टाउकोमा कप सबैभन्दा लामो समयसम्म अड्याउने प्रतियोगितामा रियान पौडेल प्रथम, रेज ठाकुरी द्वितीय र प्रयान श्रेष्ठ तृतीय भए । त्यसै गरी क्विज प्रतियोगितामा आश्मी प्रथम, सुधिर द्वितीय र रिथ्मा तृतीय स्थान हासिल गर्न सफल भए।

यस पिकनिकको सफल आयोजनामा विभिन्न समितिहरूको महत्त्वपूर्ण भूमिका रह्यो । जसमा खाना व्यवस्थापन: अर्जुन कार्की, आर्थिक समिति: जगदीश ढकाल, स्वयंसेवक तथा सरसफाई: अंकित गेलाल, प्रचार प्रसार: सुधीर भण्डारी, कार्यक्रम सञ्चालन: राजु खनाल, खेलकुद तथा मनोरञ्जन: सुदिप बगाले, कार्यक्रम स्थल व्यवस्थापन: गंगा चौलागाईं थिए ।

यस कार्यक्रमको मुख्य प्रायोजक लक्ष्मी फुडले गरेको थियो । डोनेसन बक्समा जम्मा $२४३ जम्मा भएको थियो । जस मध्ये २०० डलर अरोरा निवासी व्यवसायी राजु/रिता थापाले दिएका थिए । कार्यक्रममा खाना सहयोग गर्ने रेस्टुरेन्ट बाजेको सेकुवा र इन्डिया कास्टललाई पनि धन्यवाद दिइएको थियो । अरोराबासी नेपालीहरूले यो पिकनिक २००६ देखी लगातार गरिरहेका छन् ।

यसरी समुदायका सदस्यहरूले एकताबद्ध भएर मनोरञ्जन, प्रतिस्पर्धा र सद्भावना बढाउँदै यो आयोजना सफल बनाएका छन् । कार्यक्रमको समापनमा संयोजक राजन सापकोटाले सबैलाई धन्यवाद ज्ञापन गरे भने कार्यक्रमको सञ्चालन राजु खनालले गरेका थिए भने अनलाइन गेमको सन्चालन सुदिप बगालेले गरेका थिए ।

यसरी अरोरा सेन्टेनियल समुदायले ग्रीष्मकालीन पिकनिकमा सामुदायिक बन्धन अझै कडा बनाउँदै आफ्नो सांस्कृतिक र सामाजिक एकताको परिचय दिएको छ ।


  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend