बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

खडेरीबिच सुकेको घाँसका कारण जरिवानाको चेतावनी पाए लिटलटनकी घरधनीले

खडेरीबिच सुकेको घाँसका कारण जरिवानाको चेतावनी पाए लिटलटनकी घरधनीले

11
Shares
11
Shares

कोलोराडो — लिटलटनकी एक घरधनीले खडेरीका कारण लागू गरिएको पानी सिँचाइ प्रतिबन्ध पालना गर्दा पनि आफ्नो HOA (होमओनर्स एसोसिएसन) ले सुकेको घाँस हटाउन वा सुधार्न १० दिनको समय दिँदै जरिवानाको चेतावनी दिएको बताएकी छन् ।

डेनभर वाटरको ग्राहक पाउलेट पियाजाले नियमअनुसार हप्तामा दुई दिन मात्र लनमा पानी हाल्दै आएको बताइन्। तर, केन–क्यारिल राञ्च मास्टर एसोसिएसनले लनको घाँस सुक्दै गएको भन्दै सुधार नगरे जरिवाना प्रक्रिया अघि बढाइने पत्र पठाएको थियो।

कोलोराडोको कानुनअनुसार स्थानीय पानी प्रतिबन्ध पालना गरिरहेका घरधनीलाई खडेरीका बेला खैरो वा सुकेको घाँसका कारण HOA ले जरिवाना गर्न पाउँदैन। डेनभर वाटरले पनि खडेरीका बेला लन हरियो राख्न दबाब दिनु पानीको अनावश्यक दुरुपयोग हुने जनाएको छ।

हाल डेनभर वाटरका जलाशय ७७ प्रतिशत मात्र भरिएका छन्, जबकि सामान्य वर्षमा यस समयमा करिब ९७ प्रतिशत भरिने गर्छ ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend