बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

मन्त्रिपरिषद्का मुख्य निर्णय: नौ विधेयक संसद्‌मा पठाउने स्वीकृति, सहकारी समितिमा दाहाल मनोनीत

मन्त्रिपरिषद्का मुख्य निर्णय: नौ विधेयक संसद्‌मा पठाउने स्वीकृति, सहकारी समितिमा दाहाल मनोनीत

6
Shares
6
Shares

काठमाडौँ — बुधवार बसेको मन्त्रिपरिषद् बैठकले नौ वटा विधेयक स्वीकृत गर्नुका साथै पाँच वटा महत्त्वपूर्ण निर्णयहरू गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन्।

संसद्‌मा पेस गरिने विधेयकहरू:
संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक तथा सुविधासम्बन्धी (संशोधन) विधेयक
खानी तथा खनिज पदार्थसम्बन्धी (संशोधन र एकीकरण) विधेयक
सङ्क्रामक पशु रोग नियन्त्रणसम्बन्धी विधेयक
राहदानी (संशोधन) विधेयक, २०७६
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण (पहिलो संशोधन) विधेयक
बालश्रम निषेध र नियमित गर्नेसम्बन्धी विधेयक
आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक
मेलमिलापसम्बन्धी (संशोधन) विधेयक, २०६८
कर्मचारी सञ्चय कोष (संशोधन) विधेयक, २०१९

अन्य प्रमुख निर्णयहरू:
अनुधान अधिकारी तोकियो: सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा उनले तोकेको अधिकृतलाई विदेशी विनिमय कसुरको अनुसन्धान अधिकारी तोक्ने निर्णय भएको छ।
समितिमा मनोनयन: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्य पदमा सिन्धुलीका खेटराज दाहाललाई मनोनीत गरिएको छ।
नियमावली स्वीकृत: प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (छैटौँ संशोधन) नियमावली, २०८३ स्वीकृत गरिएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग सम्बन्धित अन्य निर्णयहरू समेत पारित भएका छन्।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend