बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

जागौँ अब दिदीबहिनी

जागौँ अब दिदीबहिनी

197
Shares
197
Shares

जागौँ अब दिदीबहिनी बोल्नुपर्छ साथीले
उठाउनु पर्छ आवाज नारी जातिले ।

आफ्नो खुट्टा उभिनु है भनेर नै सिकाए
अघि बढ्नुपर्छ भनी बाटो देखाए ।

झिलिमिली पार्नुपर्छ घर टोल छिमेक
तिमी अघि बढ्नुपर्छ पुर्‍याऊ विवेक

सम्झाउँदै भन्थ्यौ आमा हुन्न छल ढाँटले
आफैँ केही गरी खानु पर्छ आँटले ।

मेरो मन मुटु मैले कर्म घर सारेर
बसेको छु बिहे पछि माया मारेर ।

घरको धन्दा छिन्नै पर्छ छिटो छिटो गरेर
छोराछोरी हाँस्ने गर्छन् घर भरेर ।

घर नजिकै बगैँचाथ्यो लटरम्म फलेको
अँध्यारोमा चारैतिर बत्ती बलेको ।

नाँच्नसके दुनियाँले ताली लाउँछ परर
नसकेमा झर्ने गर्छन् आँसु बरर ।

देखाउनु छ खुबी मैले धर्ती माता झैँ गरी
नजानेमा पोखिनेछ फेरि भुईँभरि ।

हिँड्ने गर्छु अचेल आमा सहकारी भेलामा
साथी सङ्गी भएर नै बेला बेलामा ।

बाँडीचुडी खानुपर्छ हिँड्नुपर्छ समाजमा
काम गरी देखाउनुछ भन्ने आवाजमा।

धेरै थरी जनजाति भेषभुषा भए’नि
सबै सँगै हुने गर्छौँ जता गए’नि ।

वरिपरि सफा सुग्घर बनाउँछौँ हाम्रो टोल
सधैँ यस्तै भइदियोस् आनन्दको गोल ।

अघि बढ्दा तगारो नआओस् है कसैको
उज्ज्वल बनोस् भविष्य हामी सबैको ।

पोखरा-८, सिमलचौर

  • प्रतिक्रिया दिनुहोस

    शान्ति कंडेल न्यौपाने का अरू रचना

    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend