बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

कम्प्युटर र नेता

कम्प्युटर र नेता

281
Shares
281
Shares

टेबल माथि कम्प्युटरले गरेको छ राज
सबैलाई मै चाहिन्छ भन्दै हिँड्छ आज ।

अडेको छ यो दुनियाँ मैले गर्दा खेरि
फुर्ती झार्दै भन्ने गर्छ भाका फेरी फेरी ।

सधैँ जसो चलाउँछ यो नयाँ नयाँ खेल
थोरै बिग्रे धेरै खर्च गर्छ जाल झेल ।

झनै बढी बिग्रेपछि फाल्नुपर्ने हुन्छ
आफै चल्न नजान्नेको फुर्ती धेरै हुन्छ ।

नेतालाई झैँ चार्जै गर्नुपर्ने हुँदो रै’छ
जान्ने बुझ्ने केही होइन त्यसै मै मै गर्छ ।

नेता जस्तो भइदिन्छ भए टुटफुट
फाल्नलाई तयार हुन्छन् सबै एकजुट ।

जनताले जान्नुपर्छ चलाउन यी चिज
अनि मात्र फस्टाउँछन् विकासका बीज ।

पोखरा-८, सिमलचौर

 

  • प्रतिक्रिया दिनुहोस

    शान्ति कंडेल न्यौपाने का अरू रचना

    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend