जीवनभित्रै जीवनसँग
समय चोर्नु छ,
घडीको काँटाबाट होइन
साँसको गहिराइबाट
आफैलाई स्थिर गर्नु छ।
बेहोशीले हराएको क्षण
होसमा फर्कनु छ
भावको स्थिरतामा
वर्तमानमा बस्नु छ।
न हिजोको बोझ छ,
न भोलिको डर छ,
पलपलको निरन्तरतामा
अनन्तता आफैभित्र भेट्नु छ।
जीवनभित्रै जीवनसँग
समय चोर्नु छ,
परमात्मिक सत्यतामा
जीवन यो जिउनु छ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend