बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

जीवन दान दिनु छ

जीवन दान दिनु छ

256
Shares
256
Shares

कति चोटि हामी
अनगिन्ती हाँसोको मुखौटा लगाउँछौँ —
झिल्के फोहारामा झलमलिने
नक्कली उज्यालो मात्र हो त्यो ।
तर भित्र कतै,
धड्किरहेछ एक मौन पिडा,
एक साँचो हाँसो —
जसलाई कोही देख्दैन,
कोही बुझ्दैन ।
साँच्चै, रङ्गीन छ यो संसार ।
तर के त्यो रंग
सामाजिक सञ्जालको फोटो फिल्टरमा मात्र छ ?
के मुहारको खित्का नै हाँसो हो ?
नजरभरि मुस्कान बोक्दा पनि
मनभित्रको अँध्यारो लुकाउनु
साँचो उज्यालो हो र ?
हामीलाई
सिर्जना गर्नुछ जीवन —
जहाँ मुस्कान देखावटी होइन,
मनको गहिराइबाट निस्केको होस् ।
हामी अघि बढ्नु छ —
ज्ञानको साधनामा,
आत्म शुद्धिको यात्रामा ।
सत्य, शील र समाधिमा
विलीन हुँदै
पारमिताको आँचल समाउँदै
पथिक बन्नुछ —
संकोचरहित, साहसी, सेवामय ।
यदि सकिन्छ भने —
धर्मको बाटो देखाउन,
अनि नसके —
कम्तीमा माया र सेवा दिन ।
तर जे गरे पनि,
भित्रैदेखि झल्किएको मुस्कानसहित —
जीवन दान दिनु छ ।

बकैया -09 मकवानपुर

  • प्रतिक्रिया दिनुहोस

    शालिकराम घले का अरू रचना

    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend