मंगलबार, साउन १२ २०८३

१२ साउन २०८३ , मंगलबार | July 28, 2026 Tuesday

बाहिर चुनावको नतिजाको होडबाजी छ

बाहिर चुनावको नतिजाको होडबाजी छ

238
Shares
238
Shares

बाहिर चुनावको नतिजाको होडबाजी छ,
कसले जित्ने, कसले हार्ने भन्ने आवाज छ।
तर मन भित्र एउटा सपना जागिरहेछ—
देशमा सत्य, न्याय र सुशासनको बिहान होस्।

भ्रष्टाचारको अँध्यारो अन्त्य होस्,
इमानको उज्यालो फैलियोस्।
जनताको विश्वास फेरि फर्कियोस्,
नेपाल फेरि सुन्दर बनियोस्।

हामी नेपाली एउटै मालाका फूल हौँ,
रङ फरक भए पनि सुगन्ध एउटै हो।
पहाड, तराई, हिमालको माया जोडेर
एकताको बगैँचा फुलाउने हाम्रो सपना हो।

बुद्धको ध्यानजस्तै शान्त हृदय,
कृष्णको भागवतजस्तो ज्ञान होस्।
माया, धर्म र करुणा बोकेर
जीवनको बाटो उज्यालो होस्।

न यहाँ कोही पराइ, न कोही टाढा,
हामी सबै एउटै आकाशका तारा।
आऊ हातेमालो गरौँ,
मनका ढोका खोलौँ।

मिलेर बसौँ, माया साटौँ,
एकताको दीप बालौँ।
यही आफ्नै मातृभूमिमा
स्वर्गको अनुभूति पाऊँ।

=======
बकैया -09 मकवानपुर
नेपाल

  • प्रतिक्रिया दिनुहोस

    शालिकराम घले का अरू रचना

    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend