बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

शक्ति र शुन्यको संवाद

शक्ति र शुन्यको संवाद

220
Shares
220
Shares

शक्ति र शुन्यको संवाद
बुद्धको प्रताप
कुनै भूगोलमा सीमित छैन,
जहाँ चेतना जाग्छ
त्यहीँ बोधिवृक्ष उम्रिन्छ।
अदृश्य करुणा
ऊर्जाजस्तै होइन,
ऊर्जाकै कारण हो—
काँडाबिच फुल्ने
फूलको मौन तर्क।
पशु भनेर हेला नगर्नु,
नाम र रूप
अविद्याका पर्दा हुन्।
युधिष्ठिरसँगै
स्वर्ग पुगेको कुकुर
धर्मको अन्तिम परीक्षा थियो।
महाभारतले देखायो—
अजात शत्रु पनि
क्षणिक हुन्।
अमेरिकाले देखायो—
सत्ता आवाज गर्छ,
तर शून्य मौन हुन्छ।
त्यही भूमिमा
भिक्षुको फुतु–फुतु पाइला
इतिहास होइन,
भविष्य लेखिरहेछ।
किनकि साम्राज्य
समयको भ्रम हो,
करुणा अस्तित्वको सत्य।
शक्तिको खोल
किन ओढ्ने,
जहाँ अन्ततः
अहंकार आफैँ थाकेर
शान्तिको अगाडि
घुँडा टेक्छ।
हे भन्तेहरू,
तपाईँहरू
देशमा होइन,
ध्यानमा बस्नुहुन्छ।
जहाँ न अमेरिका छ,
न महाभारत—
त्यहाँ केवल
जागरण छ।

बकैया-०९ मकवानपुर

  • प्रतिक्रिया दिनुहोस

    शालिकराम घले का अरू रचना

    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend