बिहिबार, साउन १४ २०८३

१४ साउन २०८३ , बिहिबार | July 30, 2026 Thursday

एक मौन सत्य हो त्यो

एक मौन सत्य हो त्यो

144
Shares
144
Shares

रात जब दिग्भ्रमित भई
अँध्यारोमै आफैँ हराउँछ,
हृदयका पवित्र कोणबाट
एक किरण निस्कन्छ।

न त त्यो आँखाले देख्छ,
न त कानले सुन्छ;
तर आत्माले—
हो, केवल आत्माले नै
त्यसलाई चिन्दछ।

यदि भित्र प्रकाश छैन भने
बाहिरको सूर्य पनि
अँध्यारै लाग्छ।

त्यसैले,
बाहिर होइन-भित्र फर्कनुपर्छ।
दुरी र समय
यी सबै छाया मात्र हुन्।

साँचो सामीप्यता त तब हुन्छ
जब आत्मालाई अनुभूत गरिन्छ।
जीवन–दर्शनभन्दा पनि गहिरो
एक मौन सत्य हो त्यो।

  • प्रतिक्रिया दिनुहोस

    रमा दुलाल का अरू रचना

    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend