रात जब दिग्भ्रमित भई
अँध्यारोमै आफैँ हराउँछ,
हृदयका पवित्र कोणबाट
एक किरण निस्कन्छ।
न त त्यो आँखाले देख्छ,
न त कानले सुन्छ;
तर आत्माले—
हो, केवल आत्माले नै
त्यसलाई चिन्दछ।
यदि भित्र प्रकाश छैन भने
बाहिरको सूर्य पनि
अँध्यारै लाग्छ।
त्यसैले,
बाहिर होइन-भित्र फर्कनुपर्छ।
दुरी र समय
यी सबै छाया मात्र हुन्।
साँचो सामीप्यता त तब हुन्छ
जब आत्मालाई अनुभूत गरिन्छ।
जीवन–दर्शनभन्दा पनि गहिरो
एक मौन सत्य हो त्यो।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend