बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

छ भ्रष्टाचार

छ भ्रष्टाचार

162
Shares
162
Shares

भत्किएको छ न्यायको दीवार, छ भ्रष्टाचार,
जनताको चिहान बन्यो सरकार, छ भ्रष्टाचार।

निति होइन, चल्छ केवल रिश्वतको बजार,
कति सहने, अब त भयो हार, छ भ्रष्टाचार।

दर्ता गर्नकै लागि फाइल चाहिन्छ घूस,
अनि के गरुन् जनता लाचार, छ भ्रष्टाचार।

कानुन लेखिन्छ, तर लागू कहिले हुन्न,
फेरिन्छन् केवल भाषण-विचार, छ भ्रष्टाचार।

सच्चा मान्छे ओझेलमा, दम्भीहरू माथि,
गयो देश कुहिएर सरकार, छ भ्रष्टाचार।

पृथ्वी नारायण क्याम्पस, पोखरा

  • प्रतिक्रिया दिनुहोस

    पिताम्बर पौडेल का अरू रचना

    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend