बिहिबार, साउन १४ २०८३

१४ साउन २०८३ , बिहिबार | July 30, 2026 Thursday

क्याम्पसको बगैँचा

क्याम्पसको बगैँचा

60
Shares
60
Shares

क्याम्पस प्रशासन अगाडि छ बगैँचा,
बिचार चौतारी, ज्ञानको साँचो गलैँचा।
शिक्षक कर्मचारी, समुहमा जुट्छन्,
छलफल बहसका बिचारहरू फुट्छन् ।

दुबोले ढाकेको हरियाली ठाउँ
बिचार फैलिन्छ, सबैतिर हाम्रो नाउँ ।

विविधता हाम्रो, विशेषता ठुलो,
एकताको साङ्लो, बलियो छ झुलो ।

आहा! यो ज्ञानको गगन, बिचारको भुमि,
जन्मायो चिन्तक, बनायो सुमी ।

प्यारो सबैलाई, क्याम्पसको नाम,
बगैँचाले बनायो छुट्टै पहिचान ।

बनाउनु छ, बचाउनु छ यो थलो,
हामी सबैको धर्म हो, साँचो फलो ।

जुनी जुनी काम गरौँ, गर्वले भनौँ,
ज्ञानको यो बगैँचा, सधैँ बचाऔँ ।

 

-पृथ्वी नारायण क्याम्पस

  • प्रतिक्रिया दिनुहोस

    पिताम्बर पौडेल का अरू रचना

    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend