कोमलताको मोल छैन, निर्दयी कै चल्छ यहाँ,
जीवनको मोल छैन, मृत्यु पनि बेचिन्छ यहाँ ।
गरिन्छ थोरै, देखाइन्छ धेरै, सेवाको नाममा,
ढोंगीहरू पुजिन्छन्, उपकारको नाममा ।
ठग्न सके ठग्छन्, नसके लुट्छन्,
आत्मा पनि बेचिदिन्छन्, धर्मको नाममा ।
आफ्नै आफन्तसँग लड्छन्, पराईलाई अँगाली ,
बोली लाग्छ सम्बन्धमा, स्वार्थको नाममा ।
छल, कपट, देखावटी, संसार बनावटी भयो अब,
जीवन एउटा खेल बन्यो, आधुनिकताको नाममा ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend