बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

“पर्दा पछाडिको भूटान: बलराम पौड्यालको किताब लोकार्पणसँगै शरणार्थी र राजबन्दी बारे छलफल”

“पर्दा पछाडिको भूटान: बलराम पौड्यालको किताब लोकार्पणसँगै शरणार्थी र राजबन्दी बारे छलफल”

108
Shares
108
Shares

ललितपुर – भूटानी शरणार्थी नेता र लेखक बलराम पौड्यालले लेखेको ‘पर्दा पछाडिको भूटान’ र यसको अंग्रेजी संस्करण ‘भूटान बिहाइन्ड द कर्टेन’ ललितपुरको यलमाया केन्द्रमा सार्वजनिक गरियो। टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा पत्रकार कनकमणि दीक्षित, देवेन्द्र भट्टराई, लेखक आफैं र प्रतिष्ठानका अध्यक्ष सुशील प्याकुरेलले संयुक्त रूपमा किताब लोकार्पण गरे।

किताबको सम्पादन नारायण फुयाल शर्मा र भिष्मप्रसाद सङ्ग्रौलाले गरेका हुन्, जसमा अंग्रेजी अनुवाद पनि सङ्ग्रौलाको योगदानमा भएको हो। कार्यक्रममा शरणार्थी र राजबन्दीको समस्यामाथि गम्भीर छलफल भयो। वक्ताहरूले भूटानमा नेपाली भाषीहरूमाथि भएको अत्याचार र यसले सिर्जना गरेको शरणार्थी समस्याबारे सरकारले गम्भीरता लिनुपर्ने बताए।

पत्रकार कनकमणि दीक्षितले भूटानमा न्यायको आवश्यकता बढ्दै गएको बताए। उनले धेरै शरणार्थी अझै पनि नेपालमा असुरक्षित अवस्थामा बसेको बताए।

अधिकारकर्मी सुशील प्याकुरेलले यो मुद्दा सुल्झाउन कूटनीतिक प्रयास आवश्यक भएको बताए। गोपालकृष्ण शिवाकोटीले नेपालको कूटनीतिक असफलताले समस्या बढाएको बताए।

पत्रकार देवेन्द्र भट्टराईले भूटानका जेलहरूमा सयौं नेपाली भाषीहरू बन्दी छन् भन्दै नेपाल सरकारले यसबारे गम्भीरता लिन नसकेको आलोचना गरे।

सम्पादक भिष्मप्रसाद सङ्ग्रौलाले यस मुद्दालाई अन्तर्राष्ट्रिय स्तरमा उठाउन विशेष समूह बनाउने प्रस्ताव राखे।

लेखक पौड्यालले आफ्नो किताबमार्फत आफ्ना अनुभव साट्दै २०२५ सम्म यो समस्या सुल्झाउने आशा व्यक्त गरे। किताब पेज टर्नर प्रकाशनले छापेको हो, जसको मूल्य ९९९ रुपैयाँ राखिएको छ।

  • प्रतिक्रिया दिनुहोस

    अर्जुन प्रधान का अरू रचना

    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend