काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले आज ११३ औँ भानु जयन्ती मनायो ।
पुतलीसडकस्थित च्याप्टरको सचिवालयमा आयोजना गरिएको सो कार्यक्रममा आदिकवि भानुभक्त आचार्यको योगदानको चर्चा, कविता वाचन र सर्जक सम्मान गरिएको थियो ।
कार्यक्रममा नेपाल स्रष्टा समाजका पूर्व अध्यक्ष विधान आचार्यले भानुभक्तबारे विशेष मन्तव्य राख्नु भयो । सोही अवसरमा कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. खगेन्द्रप्रसाद लुइटेल, विशेष अतिथिहरू अनेसासका पूर्व अध्यक्ष राधेश्याम लेकाली, भानु प्रतिष्ठानका अध्यक्ष डी पी अर्याल, अनेसास बिओटी का कोषाध्यक्ष नेत्रबन्धु पोख्रेल, अनेसास पुरस्कार समिति सदस्य सन्ध्या पहाडी लगायतले भानुभक्तको योगदानको चर्चा गर्नु भयो ।

अनेसास नेपाल च्याप्टरका अध्यक्ष तथा अनेसास केन्द्रीय समितिका नवनिर्वाचित सदस्य राजेन्द्र के. सी. को सभापतित्वमा आयोजित सो कार्यक्रममा अनेसास बिओटीका कोषाध्यक्ष नेत्रबन्धु पोख्रेललाई स्वागत सम्मान गरियो भने भानु प्रतिष्ठानका अध्यक्ष डी पी अर्याललाई बधाई ज्ञापन गरियो ।
कार्यक्रममा कविहरू अविकेशर ओली, रुपा रिसाल, देवेन्द्र के.सी. देवु, शान्ति रिसाल, ओमकुमारी रानाभाट, चेवन बस्नेत ठुलाघरे, कृष्णप्रसाद जस्ताघरे लगायतले कविता वाचन गर्नु भयो । संस्थाका वरिष्ठ उपाध्यक्ष मन्जिला अनिलले स्वागत गर्नु भएको सो कार्यक्रमको सहजीकरण महासचिव रन्जना निरौलाले गर्नु भयो ।

© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend