सोमबार, असोज ५ २०८३

५ असोज २०८३ , सोमबार | September 21, 2026 Monday

प्रवासमा नेपाली भाषाको सम्मान: अबुधाबी दुतावासमा गुन्जियो भानुको सम्झना

प्रवासमा नेपाली भाषाको सम्मान: अबुधाबी दुतावासमा गुन्जियो भानुको सम्झना

38
Shares
38
Shares

अबुधाबी । २१३ औँ भानु जयन्तीको अवसरमा नेपाली राजदूतावास अबुधाबीले तनहुँ सेवा समाज युएईसँगको सहकार्यमा विशेष साहित्यिक कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा राजदूत तेजबहादुर क्षेत्रीले आदिकवि भानुभक्त आचार्यको नेपाली भाषा र साहित्यमा रहेको योगदानको स्मरण गर्दै प्रवासी नेपाली साहित्यकारहरूको भूमिकाको प्रशंसा गर्नुभयो।

सो अवसरमा युएईमा सक्रिय नेपाली साहित्यकारका करिब १० वटा कृतिको विमोचन गरिएको थियो भने करिब ४५ जना सर्जकले आफ्ना रचना वाचन गरेका थिए। कार्यक्रममा युएईस्थित नेपाली समुदाय, विभिन्न सङ्घसंस्था तथा साहित्यिक संस्थाका प्रतिनिधिसहित करिब १२५ जनाको सहभागिता रहेको थियो।

  • प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend