सोमबार, असोज ५ २०८३

५ असोज २०८३ , सोमबार | September 21, 2026 Monday

खै केका लागि

खै केका लागि

54
Shares
54
Shares

भूँइगमहरूकाे आन्दोलन
चुइकमहरूको विद्रोह छ
चुक्लीगमहरू लाइनमा छन्
छलगमहरू भकारीमा
लगमहरू बज्र बनेका छन्
खलगमहरू मुख बाएका छन्
खै केका लागि ? खै केका लागि ??
यस्तै यस्तै गमहरूको ताती छ।

सर्वत्र भलीभाती छ
यहाँ धुलोहरू धुलिएका छैनन्
सडकहरू नुनिला छन्
हिउँ चिसिएर चर्किएको छ
पहाड पिङ खेलिरहन्छ
सुर्य निदाइरहन्छ
चन्द्रमाले पोलिरहन्छ
खै के का लागि, खै केका लागि
कमिलाहरू मह खोजिरहेका छन्
धमिराहरूले धर्ती
माहुरीहरूको चिहानमा
सलहको राज छ
गोधुलीको त्रासमा पुतली जुनकिरी बन्छ
यहाँ हावा फलाम बन्छ
सुन हावा बन्छ
मनसुन युग परिवर्तक
खै केका लागि, खै केका लागि

समय घर्किएको भन्छन्
युग फर्किएको भन्छन्
जीवले जीव खाइरहेछ, निर्जीवले निर्जीव
खानेहरूको ताँती छ
हुने हुनामी थाँती छ
माहुरीहरूका शव हाँसिरहेका छन्
गँड्यौलाहरू धर्ती बोक्छन्
खै केका लागि, खै केका लागि
आंशिकनाश पहरामा छ
अर्धनाश गर्भगृहमा खेल्दै
भ्रूणनाश समुद्रमा एल्गी खोज्छ
हावाले सर्वनाशक म हुँ भन्छ
खै केका लागि, खै केका लागि

अहो ! सबै तछाड मछाड गर्छन्
गमहरू
भ्रमहरू
बेसरमहरू
बेधर्महरू
अलापी रहेछन्
अन्त्यका सूत्रहरू
सबै सबैले, शवै शवैले
खै केका लागि ? केका लागि ?

गोपीराम भण्डारी
काठमाडौँ

  • प्रतिक्रिया दिनुहोस

    गोपीराम भण्डारी का अरू रचना

    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend