बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

दीपेन्द्र र एरिका वर्षका उत्कृष्ट खेलाडी, हिमाल लोकप्रिय बने

दीपेन्द्र र एरिका वर्षका उत्कृष्ट खेलाडी, हिमाल लोकप्रिय बने

42
Shares
42
Shares

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा आयोजित पल्सर स्पोर्ट्स अवार्ड २०८१ मा क्रिकेटर दीपेन्द्र सिंह ऐरी र कराँतेकी एरिका गुरुङले क्रमशः पुरुष र महिला वर्ष खेलाडीको उपाधि जितेका छन् ।

बुधवार पोखरामा आयोजित भव्य कार्यक्रममा पुरुषतर्फ ऐरी र महिलातर्फ गुरुङलाई उत्कृष्ट ठहर गर्दै वर्ष खेलाडीका रूपमा घोषणा गरिएको हो । त्यसै गरी, भलिबल खेलाडी हिमाल सुनारी ले ‘पिपल्स च्वाइस अवार्ड’ जित्दै लोकप्रिय खेलाडीको सम्मान पाए। खड्ग रानाभाट लाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ बाट सम्मानित गरियो।

पारा एथलेटिक्सतर्फ विश्व ग्रान्ड प्रिक्समा रजत पदक जितेकी प्रभा आङदेम्बे ले ‘पारा एथलेट अवार्ड’ हात पारिन् भने पलेशा गोवर्धनकी प्रशिक्षक कविराज नेगी ‘वर्ष प्रशिक्षक’ घोषित भए । तेक्वान्दोमा ९ डान हासिल गरेका तुलसी गुरुङ लाई ‘एनएसजेएफ स्पेसल अवार्ड’ प्रदान गरियो। त्यस्तै, बंगलादेशका पत्रकार मोहम्मद हसन उल्लाह खान ले ‘एसियन स्पोर्ट्स जर्नलिस्ट अवार्ड’ पाएका छन्।

क्रिकेटर पुजा महतो, जसले नेपालको यू–१९ महिला विश्वकपमा छनोटमा निर्णायक भूमिका खेलेकी थिइन्, ‘युवा वर्ष खेलाडी’ घोषित भइन् । यस वर्षको ‘टिम अफ द इयर’ पुरस्कार भने राष्ट्रिय खो खो टिमले जित्यो, जसले भारतको नयाँ दिल्लीमा सम्पन्न पहिलो खो खो विश्वकपमा रजत पदक जित्न सफल भएको थियो ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend