डलास । फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २–० ले पराजित गर्दै १६ वर्षपछि विश्वकपको फाइनलमा स्थान बनाएको छ।
डलासमा भएको खेलमा स्पेनका लागि २२औँ मिनेटमा मिकेल ओयार्जाबलले पेनाल्टीमार्फत पहिलो गोल गरे। दोस्रो हाफको ५८औँ मिनेटमा पेड्रो पोरोले अर्को गोल गर्दै जित सुनिश्चित गरे।
स्पेनले अब इंग्ल्यान्ड र अर्जेन्टिनाबिच हुने दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend