सोमबार, असोज ५ २०८३

५ असोज २०८३ , सोमबार | September 21, 2026 Monday

अन्तिम ११ मिनेटमा पासा पल्टियो: अर्जेन्टिनाको रोमाञ्चक जित

अन्तिम ११ मिनेटमा पासा पल्टियो: अर्जेन्टिनाको रोमाञ्चक जित

40
Shares
40
Shares

कोलोराडो । साबिक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ को खेलमा इजिप्टलाई ३–२ ले पराजित गर्दै क्वार्टर फाइनलमा स्थान बनाएको छ।

खेलमा २–० ले पछि परेको अर्जेन्टिनाले अन्तिम ११ मिनेटमा अविश्वसनीय पुनरागमन गर्दै नतिजा आफ्नो पक्षमा पारेको हो। क्रिस्टियन रोमेरो, कप्तान लियोनेल मेस्सी र एन्जो फर्नान्डेजले गोल गर्दै टोलीलाई रोमाञ्चक जित दिलाए।

इजिप्टले खेलको सुरुदेखि नै आक्रामक प्रदर्शन गरेको थियो। १५औँ मिनेटमा यासेर इब्राहिमले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। इजिप्टका गोलकिपर मोस्ताफा शोबेइरले मेस्सीको पेनाल्टी बचाउनुका साथै एलेक्सिस म्याक एलिस्टर र जुलियन अल्भारेजका उत्कृष्ट प्रहारलाई पनि विफल पारे।

दोस्रो हाफमा पनि इजिप्टले दबाब कायम राख्यो। एक गोल अफसाइडका कारण रद्द भएपछि ६७औँ मिनेटमा मोस्तफा जिकोले मोहम्मद सलाह र हैथम हसनको काउन्टर अट्याकलाई सदुपयोग गर्दै दोस्रो गोल गरे। त्यसपछि इजिप्ट २–० ले अघि बढ्दा अर्जेन्टिना प्रतियोगिताबाट बाहिरिने अवस्थामा पुगेको देखिन्थ्यो।

तर अर्जेन्टिनाले हार मानेन। ७९औँ मिनेटमा क्रिस्टियन रोमेरोले गोल गर्दै टोलीको पुनरागमनको सुरुआत गरे। त्यसको चार मिनेटपछि कप्तान लियोनेल मेस्सीले बराबरी गोल गर्दै खेललाई २–२ मा पुर्‍याए।

इन्जुरी समयको तेस्रो मिनेट (९०+३) मा एन्जो फर्नान्डेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई ३–२ को रोमाञ्चक जित दिलाए र क्वार्टर फाइनल यात्रा सुनिश्चित गरे।

  • प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend