बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

चीन र जापानबिचको कुटनीतिक विवादपछि जापानको पर्यटन उद्योग प्रभावित

चीन र जापानबिचको कुटनीतिक विवादपछि जापानको पर्यटन उद्योग प्रभावित

32
Shares
32
Shares

एजेन्सी । चीन र जापानबिचको कुटनीतिक विवादको परिणामले जापानको पर्यटन उद्योगलाई नकारात्मक असर परेको छ ।

गत महिना, जापानी प्रधानमन्त्री साने ताकाइचीले ताइवानमा चिनियाँ मुख्य भुमिको काल्पनिक आक्रमणले टोकियोबाट सैन्य प्रतिक्रिया निम्त्याउन सक्छ भनेको विषयलाई चीनले आक्रामक रूपमा लिएको थियो ।

चीनले ताकाइचीको टिप्पणीको तुरुन्तै खण्डन गरे पनि चिनियाँ जनताले जापानी उत्पादन र सेवाहरूको ठुलो मात्रामा रद्द समेत गरेका थिए । जसका कारण सबैभन्दा गम्भीर रूपमा प्रभावित क्षेत्रहरू मध्ये एक जापानको पर्यटन उद्योग हो । जुन स्थानीय मिडियाले कोभिड–१९ को समयमा भएको गिरावट जस्तै हालको अवस्था भएको रिपोर्टिङ गरेका छन् ।

ओसाकादेखि ओकिनावासम्म, आगमन उडानहरू, होटेलहरू, भ्रमणहरू, किनमेल र रेस्टुरेन्टहरूले आरक्षण र राजस्वमा गिरावट आएको रिपोर्ट गरिरहेका छन्।

स्थानीय व्यवसायीका अनुसार पर्यटकहरूको संख्यामा स्पष्ट कमी आएको र व्यक्तिगत पर्यटकहरूको संख्या ५० प्रतिशतभन्दा बढीले घटेको छ। जापान पर्यटन एजेन्सीले जारी गरेको तथ्याङ्क अनुसार, वर्षको पहिलो तीन त्रैमासिकमा चिनियाँ मुख्य भूमि र हङकङ विशेष प्रशासनिक क्षेत्रका पर्यटकहरूले जापानमा भएको कुल आन्तरिक पर्यटन खर्चको लगभग ३० प्रतिशत योगदान पु¥याएका छन्। (सीसीटीभीप्लस)

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend