भारत । भारत र दक्षिण अफ्रिकाबीच लखनउमा हुने तय गरिएको पाँच खेलको टी–२० शृंखलाअन्तर्गत चौथो खेल प्रदुषणका कारण रद्द भएको छ । बाक्लो हुस्सु र धुवाँका कारण दृश्यता नखुलेपछि टस समेत हुन सकेन र एक बल पनि नफ्याँकी खेल स्थगित गरियो ।
वायु गुणस्तर सुचकांक (AQI) ४०० हाराहारीमा पुगेपछि अम्पायर र म्याच रेफ्रीले पटक–पटक निरीक्षण गरी अन्ततः खेल रद्द गर्ने निर्णय गरेका हुन् । खेल रद्द भएसँगै भारतले शृंखलामा २–१ को अग्रता कायम राखेको छ । अब शृंखलाको अन्तिम खेल अहमदाबादमा हुनेछ ।

© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend