बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

तीनदिने विशेष भ्रमणका लागि लियोनल मेस्सी भारत आउँदै

तीनदिने विशेष भ्रमणका लागि लियोनल मेस्सी भारत आउँदै

56
Shares
56
Shares

भारत । विश्वप्रसिद्ध फुटबल स्टार लियोनल मेस्सी तीनदिने विशेष भ्रमणका लागि आगामी शनिबार भारत आउने भएका छन्। यस क्रममा उनले कोलकाता, हैदराबाद, मुम्बई र नयाँ दिल्ली गरी भारतका चार प्रमुख शहरहरूको भ्रमण गर्नेछन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार अर्जेन्टिनाका कप्तान मेस्सी डिसेम्बर १३ काे बिहान १ः३० बजे कोलकाता अवतरण गर्नेछन् । त्यही दिन हैदराबाद पुग्ने उनको तय कार्यक्रम छ । डिसेम्बर १४ मा मुम्बई र १५ मा नयाँ दिल्लीको भ्रमण सकाएर उनी स्वदेश फर्कनेछन् ।

मेस्सीले आफ्ना भेटघाट कार्यक्रमअन्तर्गत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बलिउड सुपरस्टार शाहरुख खानसहित विभिन्न चर्चित कलाकार र मुख्यमन्त्रीहरूलाई भेट्ने योजना रहेको बताइएको छ ।

यस भ्रमणमा मेस्सीसँगै उनका बार्सिलोना समयका सहकर्मी तथा उरुग्वे स्ट्राइकर लुइस स्वारेज र फिफा विश्वकप विजेता रोड्रिगो डे पल पनि सहभागी हुनेछन्।

कार्यक्रमको टिकट जोमाटोको ‘डिस्ट्रिक्ट एप’ मार्फत उपलब्ध हुनेछ । अधिकांश शहरहरूमा टिकट मुल्य करिब ४,५०० भारतीय रुपैयाँ तोकिएको छ भने मुम्बईका लागि टिकट मुल्य ८,२५० रुपैयाँसम्म पर्न सक्छ ।

मेस्सीले हैदराबादको राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा एक मैत्रीपुर्ण खेल खेल्ने कार्यक्रम रहेको छ, जहाँ तेलंगानाका मुख्यमन्त्री रेवन्त रेड्डी पनि उपस्थित हुने अनुमान गरिएको छ ।

मेस्सी अन्तिम पटक १४ वर्षअघि साल्ट लेक स्टेडियममा अर्जेन्टिना र भेनेजुएलाबीच भएको खेलका क्रममा कोलकाता आएका थिए ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend