बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

वाशिङ्टन डीसीमा नेसनल गार्डमाथि गोली चलाउने आरोपी पुर्व CIA सहयोगी अफगान

वाशिङ्टन डीसीमा नेसनल गार्डमाथि गोली चलाउने आरोपी पुर्व CIA सहयोगी अफगान

55
Shares
55
Shares

वाशिङ्टन डीसी । वाशिङ्टन डीसीमा दुई अमेरिकी सैनिकमाथि गोली चलाउने अफगान नागरिक रहमानुल्लाह लाखनवालले अफगानिस्तानमा CIA सँग काम गरेको अधिकारीहरूले खुलासा गरेका छन् ।

अधिकारीका अनुसार लाखनवालले पश्चिमी तटबाट हजारौँ माइल यात्रा गरी वेस्ट भर्जिनियाका दुई नेसनल गार्ड सदस्यहरूमाथि ‘एम्बुस-शैली’मा आक्रमण गरेका थिए। ह्वाइट हाउस नजिकै भएको गोलीकाण्डमा २० वर्षीया साराह बेकस्ट्रम र २४ वर्षीय एन्ड्र्यू वोल्फ गम्भीर घाइते भएको र दुवै अस्पतालमा सङ्कटपूर्ण अवस्थामा उपचाररत छन्।

लाखनवाल २०२१ मा अमेरिकाको अफगानिस्तानबाट फिर्तीपछि सुरु गरिएको विशेष आव्रजन कार्यक्रम ‘ओपरेशन एलाइज वेलकम’ मार्फत अमेरिकामा आएका थिए। उनी अफगानिस्तानमा काबुल विमानस्थलको सुरक्षा गर्ने स्कर्पियन फोर्स (कन्धार स्ट्राइक फोर्स) का सदस्य थिए, जुन सुरुमा CIA अन्तर्गत र पछि अफगान राष्ट्रिय सुरक्षा निर्देशनालय (NDS) अन्तर्गत सञ्चालन हुन्थ्यो।

FBI निर्देशक काश पटेलले पनि लाखनवालको अमेरिकी बलसँग सम्बन्ध रहेको पुष्टि गरेका छन्। २९ वर्षीय लाखनवालले २०२4 मा आश्रय मागेका थिए र यो वर्ष (ट्रम्प सत्तामा आएपछि) उनको आश्रय आवेदन स्वीकृत भएको अमेरिकी अधिकारीहरूले जनाएका छन्। ग्रीन कार्ड सम्बन्धी प्रक्रिया भने अझै बाँकी छ।

अभियोजकहरूका अनुसार लाखनवालले वाशिङ्टन राज्यको बेलिङ्घामबाट देशभरि ड्राइभ गरी लक्षित रूपमा यो आक्रमण गरेका थिए। गोली चलेपछि अन्य नेसनल गार्ड सदस्यहरूले उनलाई थामे र गोली चलेपछि उनी पनि घाइते भएका छन्।

उनमाथि हतियारसहित हत्या प्रयासका तीन मुद्दा र हिंसात्मक अपराधका क्रममा हतियार राखेको एक मुद्दा दर्ता गरिएको छ। दोषी ठहरिए भारी जेल सजाय हुन सक्छ।

घटनापछि राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई “आतंककारी कृत्य” भनेका छन् र अफगान नागरिकहरूको सबै आव्रजन आवेदन स्थगित गरिएको छ। ट्रम्प प्रशासनले अफगानिस्तानबाट बाइडेन कार्यकालमा आएका सबै आव्रजन फाइल पुनः परीक्षण गर्ने घोषणा गरेको छ।

राजधानीमा सुरक्षा कडाइका लागि थप ५०० नेसनल गार्ड पठाइने पनि ट्रम्पले घोषणा गरेका छन्, जहाँ अगस्टदेखि नै २,००० भन्दा बढी गार्ड परिचालनमा रहेका छन्।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend