मंगलबार, साउन १२ २०८३

१२ साउन २०८३ , मंगलबार | July 29, 2026 Wednesday

अल्फाबेट (Alphabet) को उछालले अमेरिकी शेयर बजार फेरि माथि

अल्फाबेट (Alphabet) को उछालले अमेरिकी शेयर बजार फेरि माथि

71
Shares
71
Shares

न्युयोर्क । थ्याङ्क्सगिभिङ छुट्टीअघि छोटिएको कारोबार हप्ताको सुरुवातमा सोमबार अमेरिकी शेअर बजार फेरि बढेको छ । S&P 500 सुचकांक ०.९% बढ्यो भने Dow Jones Industrial Average ७२ अंकले (०.२%) माथि रह्यो । प्राविधिक शेयरको प्रभावमा Nasdaq composite १.७% ले मजबुत रह्यो ।

Federal Reserve ले डिसेम्बरमा ब्याजदर घटाउने आशाले बजारमा उत्साह थपिएको हो। यसैबीच कृत्रिम बुद्धिमत्ता (AI) सम्बन्धी कम्पनीहरूमा पुनः चहलपहल बढेको छ । नयाँ Gemini AI मोडेलका कारण प्रशंसा पाइरहेको Alphabet को शेयर ५.६% ले उक्लिदा यसले S&P 500 लाई मुख्य योगदान दियो। तर Nvidia को शेयर ०.३% घट्यो।

बाजारमा उतारचढाव भने निरन्तर जारी छ। लगानीकर्ताहरू अझै Federal Reserve को आगामी निर्णय र एआई बजारमा सम्भावित बुलबुला बारे सावधान छन्।

यसै साता अमेरिकी सरकारले सेप्टेम्बर महिनाको थोक मुद्रास्फीति विवरण सार्वजनिक गर्नेछ, जसले ब्याजदर घटाउने–नघटाउने Federal Reserve को निर्णयमा प्रभाव पार्न सक्छ। हाल व्यापारीहरूले डिसेम्बरमा फेरि ब्याजदर घट्ने ७९% सम्भावना देखाएका छन्।

सोमबार Novo Nordisk को आल्जाइमर रोग सम्बन्धी परीक्षण असफल भएपछि यसको अमेरिकी सूचीबद्ध शेयर ८.३% ले घट्यो। Bitcoin पछिल्ला सातामा ८२ हजारदेखि ९४ हजार डलरबीच हल्लिँदै सोमबार करिब ८६ हजार डलरमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा युरोप र एसिया मिश्रित देखिए, हङकङको Hang Seng २% ले उक्लियो। Alibaba को AI app Qwen को राम्रो मागले यसलाई ४.७% ले बढायो।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend