बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

सेंट लुइस एयरपोर्टमा प्रहरीले चलाएको गोलीबाट एकजनाको मृत्यु

सेंट लुइस एयरपोर्टमा प्रहरीले चलाएको गोलीबाट एकजनाको मृत्यु

49
Shares
49
Shares

सेंट लुइस । मिसौरीको सेंट लुइस लाम्बर्ट इन्टरनेशनल एयरपोर्टमा शुक्रबार बिहान भएको प्रहरी सम्लग्न गोलीकाण्डमा एक व्यक्तिको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान करिब १:०५ बजे टर्मिनल–१ क्षेत्रमा नियमित सुरक्षा जाँचका क्रममा प्रहरीले हातमा चक्कु बोकेका एक वयस्क पुरुषलाई भेटेका थिए। प्रहरीका अनुसार उक्त व्यक्तिले धेरै पटक आग्रह गर्दा पनि हतियार फाल्न अस्वीकार गरेपछि एक अधिकारीले उनलाई टेजर प्रयोग गरेर नियन्त्रणमा लिन खोजेका थिए।

तर, ती पुरुष अधिकारीतर्फ नै अगाडि बढिरहेपछि अर्को प्रहरीले सेवा बन्दुक चलाएको र गोली लागेर ती व्यक्तिको घटना स्थलमै मृत्यु भएको अधिकारीहरूले बताए।

घटनामा संलग्न दुवै अधिकारी सेंट लुइस लाम्बर्ट इन्टरनेशनल एयरपोर्ट प्रहरीमा क्रमशः छ महिनादेखि एक वर्षदेखि कार्यरत छन् र दुवैसँग अन्य सुरक्षा निकायमा काम गरेको अनुभव रहेको प्रहरीले जानकारी दिएको छ।

यो विषयमा अनुसन्धान जारी रहेको र प्रारम्भिक विवरणहरू परिवर्तन हुन सक्ने प्रहरीले जनाएको छ । यस घटनाको अनुसन्धान जिम्मेवारी सेंट लुइस काउन्टी पुलिस ब्यूरो अफ क्राइम्स अगेंस्ट पर्सन्सका डिटेक्टिभहरूलाई तोकिएको छ ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend