अमेरिका । टेक अर्बपति इलोन मस्कले कृत्रिम बुद्धिमत्ता (AI) र ह्यूमनोइड रोबोटहरूका कारण भविष्यमा गरिबी पुर्ण रूपमा समाप्त हुने दाबी गरेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्प र साउदी युवराज मोहम्मद बिन सलमानसँगको वैठकका लागि वाशिङ्टन फर्किएका मस्कले मानव श्रम अब अनिवार्य नभई ऐच्छिक मात्र रहने बताए ।
केनेडी सेन्टरमा आयोजित युएस–साउदी इन्भेस्टमेन्ट फोरममा बोल्दै मस्कले भने, “म कल्पना गर्छु, रोबोटहरूले वास्तवमै गरिबी समाप्त गर्नेछन् । सबैलाई धनी बनाउने उपायमध्ये रोबोट एक प्रमुख माध्यम हो ।” उनका अनुसार भविष्यमा पैसा स्वयं ‘असंगत’ बन्नेछ ।
एनभिडिया (Nvidia) का सह-संस्थापक र प्रमुख कार्यकारी अधिकृत जेनसन हुआङले पनि AI को प्रभावबारे टिप्पणी गर्दै भने, “AI ले हामीजस्ता मानिसहरूलाई अझ व्यस्त र उत्पादक बनाइदिनेछ, किनकि हाम्रो दिमागमा अत्यधिक नयाँ–नयाँ विचारहरू हुन्छन् ।”

© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend