युक्रेन । रुसले युक्रेनको पश्चिमी सहर तर्नोपिलमा ड्रोन र मिसाइल प्रयोग गरी गरेको भीषण आक्रमणमा कम्तीमा २५ जनाले ज्यान गुमाएका छन्, जसमा तीन बालक पनि छन् । युक्रेनी उद्धार अधिकारीहरूका अनुसार हमला दुई आवासीय ब्लकहरूलाई लक्षित गरेर गरिएको थियो । उक्त आक्रमणमा ७३ जना घाइते भएका छन्, जसमा १५ बालबालिका पनि समावेश छन् ।
सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्धपछि पश्चिमी युक्रेनमा भएको यो सबैभन्दा घातक हमलामध्ये एक मानिएको छ । पश्चिमी क्षेत्रका ल्भिभ र इभानो–फ्रान्किभ्स्कमा पनि आक्रमण भएको बताइएको छ। उत्तरी सहर खार्किभका तीन क्षेत्रमा ड्रोन हमलाले क्षति पुर्याएको र ३० भन्दा बढी घाइते भएको जानकारी आएको छ ।

ल्भिभका अधिकारीका अनुसार त्यहाँ एक ऊर्जा संरचना (एनर्जी फ्यासिलिटी) मा ठुलो क्षति पुगेको छ। अनलाइनमा सार्वजनिक भएका तस्बिरहरूमा भवन र सवारीसाधनमा आगलागी देखिएको छ । युक्रेनको वायु सेनाले रुसले प्रक्षेपण गरेका ४७६ मध्ये ४४२ ड्रोन र ४८ मध्ये ४१ मिसाइल खसालिएको दाबी गरेको छ ।

Photo Source: Archcathedral of the Immaculate Conception of the Blessed Virgin Mary – Ternopil Facebook
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend