बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

बंगलादेशकी पुर्व प्रधानमन्त्री शेख हसिनालाई विशेष अदालतबाट मृत्युदण्ड

बंगलादेशकी पुर्व प्रधानमन्त्री शेख हसिनालाई विशेष अदालतबाट मृत्युदण्ड

61
Shares
61
Shares

बंगलादेश । बंगलादेशको अन्तर्राष्ट्रिय फौजदारी ट्राइब्युनल (आईसीटी)ले विद्यार्थी आन्दोलन दमनका क्रममा “मानवताविरोधी अपराध” गरेको ठहर गर्दै पुर्व प्रधानमन्त्री शेख हसिनालाई अनुपस्थितिमै मृत्युदण्ड सुनाएको छ। अदालतले उनीसँगै तत्कालीन गृहमन्त्री असदुज्जमान खान कमल र प्रहरी प्रमुख चौधरी अबुल्लाह अल–मामुनलाई समेत दोषी ठहर गरेको छ।

विद्यार्थी नेतृत्वको आन्दोलन चर्किएपछि गत वर्ष हसिना भारत पलायन गरेकी थिइन्। उक्त आन्दोलनमा संयुक्त राष्ट्रसंघका अनुसार करिब १,४०० जनाको ज्यान गएको थियो।

फैसला आएपछि भारतमा रहेका हसिनाले पाँच पृष्ठको विज्ञप्ति जारी गर्दै आरोपहरू राजनैतिक प्रतिशोधबाट प्रेरित भएको दाबी गरिन्। अदालत बाहिर कडा सुरक्षा बीच फैसला सुनाइएको थियो भने केही समूहले हसिनालाई फाँसी दिनुपर्ने भन्दै नाराबाजीसमेत गरेका थिए ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend