काठमाडौँ । शंकर लामिछाने प्रतिष्ठानले आज निबन्धकार बोधराज पौडेलको निबन्धकृति “धमिराको देवल”को लोकार्पण तथा परिचर्चा कार्यक्रमको आयोजना गर्यो ।
डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौँमा आयोजित सो कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि शंकर लामिछाने प्रतिष्ठान सल्लाहकार वरिष्ठ समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतम, प्रतिष्ठानका अध्यक्ष तथा कार्यक्रमका सभापति राधेश्याम लेकाली, संरक्षकहरू सविता ढुंगाना र संगिता शर्मा, गुन्जनकी निवर्तमान अध्यक्ष वरिष्ठ साहित्यकार हिरण्यकुमारी पाठक, वरिष्ठ समालोचकद्वय प्रमोद प्रधान र प्रा. डा. गोविन्दमानसिंह कार्की लगायतले सो कृतिको लोकार्पण गर्नु भएको थियो ।
लोकार्पित कृति “धमिराको देवल”बारे समालोचकद्वय प्रमोद प्रधान र प्रा. डा. गोविन्दमानसिंह कार्कीले समीक्षात्मक मन्तव्य राख्नु भएको थियो । यसै गरी कार्यक्रममा प्रमुख अतिथि गौतम, अध्यक्ष लेकाली, विशेष अतिथि पाठक र कृतिकार बोधराज पौडेलले आआफ्नो मन्तव्य राख्नु भएको थियो ।
कवि कल्पना काफ्लेले सहजीकरण गर्नु भएको सो कार्यक्रममा साहित्यकारहरु किशोर पहाडी, राजेश खनाल, श्रीबाबु कार्की, प्रेम राई परीक्षित, श्रीराम राई, राजन न्यौपाने, नवराज रिजाल, डी. आर. राई, पारसप्रकाश नेपाल, उमेश पाण्डे, रितु कँडेल, विष्णु आभूषण, यशोदा अधिकारी, होमशंकर बास्तोला, सन्तोषकुमार दाहाल लगायतको उपस्थिति रहेको थियो ।

© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend