बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

जर्जियामा टर्कीको सैन्य कार्गो विमान दुर्घटना, २० सैनिकको मृत्यु

जर्जियामा टर्कीको सैन्य कार्गो विमान दुर्घटना, २० सैनिकको मृत्यु

101
Shares
101
Shares

जर्जिया । टर्कीको रक्षा मन्त्रालयले पुष्टि गरेअनुसार छिमेकी राष्ट्र जर्जियामा एक सैन्य कार्गो विमान (सी-१३०) दुर्घटना हुँदा २० जना सैनिकको मृत्यु भएको छ । आज नोभेम्बर १२, २०२५ मा यो दुर्घटना भएको हो ।

समाचार विवरणअनुसार उक्त विमान अजरबैजानबाट टर्की फर्किने क्रममा थियो । देशका मिडिया आउटलेटहरूले टर्कीको सी-१३० विमान उडेको २७ मिनेटपछि नै सम्पर्कविहीन भएको उल्लेख गरेका छन् ।

जर्जियाका आन्तरिक मन्त्री गेला गेलाड्जेले दुर्घटनास्थलबाट १८ वटा शव फेला परेको र बाँकी दुई जनाको खोजी कार्य जारी रहेको जानकारी दिएका थिए। अनलाइनमा पोस्ट गरिएका र टर्कीका मिडियाहरूमा प्रसारित भिडियोहरूमा उक्त ठुलो विमान नियन्त्रणबाहिर गई पृथ्वीमा खस्नुअघि यसको पुच्छर हावामै फुटेको देखिएको थियो ।

टर्कीका अधिकारीहरूले जर्जिया र अजरबैजानका अधिकारीहरूसँग समन्वय गरिरहेका छन् भने टर्कीको दुर्घटना जाँच टोली पनि प्रकोपस्थलमा पुगेको छ। मन्त्रालयले दुर्घटनाको कारण टर्कीको टोलीद्वारा भग्नावशेषको विस्तृत परीक्षणपछि मात्रै पत्ता लाग्ने जनाएको छ ।

यस दुखद घटनाप्रति नेटोका महासचिव मार्क रुट र टर्कीका लागि अमेरिकी राजदुत टम ब्याराक लगायत विश्वका विभिन्न नेता तथा संगठनहरूले शोक व्यक्त गर्दै टर्कीसँग ऐक्यबद्धता जनाएका छन्। दुर्घटनामा ज्यान गुमाएका २० सैनिकको फोटो टर्कीको रक्षा मन्त्रालयले सामाजिक सञ्जालमा प्रकाशित गर्दै श्रद्धाञ्जली दिएको छ ।
Photo: Social Media

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend