बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

ओक्लाहोमा सिटीमा एउटै गल्लीबाट ४ जना ICE द्वारा पक्राउ

ओक्लाहोमा सिटीमा एउटै गल्लीबाट ४ जना ICE द्वारा पक्राउ

79
Shares
79
Shares

ओक्लाहोमा सिटी – गत हप्ता नर्थवेस्ट १०औं र मोर्गन रोड नजिकको एउटै गल्लीबाट ४ जना पुरुषहरूलाई ICE ले पक्राउ गर्यो। अधिकारीहरूले यो डिपोर्टेशन बढाउन संघीय सरकारले दबाव दिएको कारणले गरेको बताए ।

बुधबार न्यूज४ ले चाभेसको पक्राउको बारेमा रिपोर्ट गर्यो । चाभेस र उनका २० वर्षीया छोरा ग्रोसरी किन्न पसलमा गएका थिए । तब ICE एजेन्टहरूले उनीहरूको कारको झ्याल फोडेर चाभेसलाई उठाएर लगो ।

चाभेसको परिवारले भने, “हामीले एजेन्टहरूलाई वारेन्ट माग्यौं, तर उनीहरूले कुनै देखाएनन् ।” अब उनलाई ग्वाटेमाला पठाउने प्रक्रिया चलिरहेको छ । चाभेस ओक्लाहोमामा २० वर्षभन्दा बढी बसेका छन् र उनका ४ जना बच्चा छन् ।

चाभेस पक्राउ पर्ने एक हप्ताभित्र नै उनको सामुन्नेको घरमा बस्ने ३ जना पुरुषहरू पनि ICE ले समात्यो । ती ३ जनाका परिवारले गुरुबार न्यूज ४ लाई भने, “यी सबै ओक्लाहोमामा १० वर्षभन्दा बढी बसेका छन् ।” उनीहरूमध्ये दुई जना एउटै घरबाट र अर्को एउटा घरबाट पक्राउ परेका छन ।

एक परिवार सदस्य फ्लोरेसले भने, “एजेन्टहरू गाडीमा घुमेर उनीहरू बाहिर निस्कने पर्खिरहेका थिए । उनीहरूले मास्क लगाएका थिए र यी मानिसहरू काममा जाँदै गर्दा समातेका हुन । ”

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend