बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

सुडानमा भारतीय नागरिक आदर्श बेहरा बन्धक, परिवारले शाहरुख खानलाई गरे अपिल

सुडानमा भारतीय नागरिक आदर्श बेहरा बन्धक, परिवारले शाहरुख खानलाई गरे अपिल

50
Shares
50
Shares

सुडान । गृहयुद्धले ग्रस्त सुडानमा भारतको ओढिसा राज्यका ३६ वर्षीय आदर्श बेहरालाई र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) नामक समूहले बन्धक बनाएको छ । यो घटना अक्टोबर २६ मा अल–फसेर शहरमा आरएसएफले नियन्त्रण लिएपछि भएको हो ।

आदर्शको परिवारले भारत सरकार र बलिउड अभिनेता शाहरुख खानलाई उनको सुरक्षित रिहाइका लागि अपिल गरेका छन् । सार्वजनिक गरिएको भिडियोमा अपहरणकारीले आदर्शलाई शाहरुख खानबारे सोधपुछ गरेको देखिन्छ, जसका कारण परिवारले अनुमान गरेको छ कि अपहरणकारीहरू शाहरुखका प्रशंसक हुन सक्छन् ।

आदर्शकी श्रीमती सुष्मिताको भनाइअनुसार, “यदि शाहरुख खानले अपिल गर्नुभयो भने, मेरो श्रीमान् रिहा हुन सक्नुहुन्छ।” जगतसिंहपुर जिल्लाको कोटाकाना गाउँका आदर्श आर्थिक कठिनाइका कारण २०२२ मा सुडान गएका थिए । ‘सुक्रती प्लास्टिक कारखाना’मा मेसिन अपरेटरका रूपमा कार्यरत उनी त्यहाँ राम्रो आम्दानीको आशामा पुगेका थिए ।

परिवारमा उनकी श्रीमती, दुई छोरा र आमाबाबु रहेका छन् । आदर्शका बुबा खेत्रबासीका अनुसार सुरुवाती समयमा सरकारी सहयोग नपाए पनि अहिले ओडिशाका मुख्यमन्त्री मोहन चरण माझीले सुरक्षित फिर्तीका लागि पहल सुरु गरेको जनाएका छन् ।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend