बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

जोहरान ममदानीको जितबारे अरब र इस्रायली मिडियाको फरक प्रतिक्रिया

जोहरान ममदानीको जितबारे अरब र इस्रायली मिडियाको फरक प्रतिक्रिया

49
Shares
49
Shares

न्युयोर्क सिटीको मेयरमा जोहरान ममदानी विजयी भएपछि अरब र इस्रायली मिडियामा व्यापक चर्चा भएको छ ।

अरब मिडिया प्रतिक्रिया:
कतारको अल-जजिरा ले ममदानीलाई “इतिहास रच्ने मुस्लिम नेता” भन्दै उनको जितलाई अभुतपूर्व भनेको छ। अल-अरबिया टिभीले पनि बिहानदेखि नै ममदानी र राष्ट्रपति ट्रम्पबिचको “बयानको जंग” लाई प्रमुखता दिएको छ । युएईको स्काई न्युज अरेबियाले ममदानीलाई “ट्रम्पका कट्टर विरोधी” भन्दै युवालाई मतदानमा प्रेरित गर्ने नेता भनेर चित्रण गरेको छ। अल-कुद्स अल-अरबीले उनको जितलाई “न्युयोर्कमा प्रगतिशील युगको सुरुवात” भनेको छ।

अरब देशका सामाजिक सञ्जाल प्रयोगकर्ताले ममदानीको जितलाई “फलस्तीन समर्थक र इस्रायल विरोधी नीतिको सफलता” भन्दै स्वागत गरेका छन्। कतिपयले यसलाई “इस्रायली लबीको हार” र “अमेरिकी राजनीतिमा ठुलो परिवर्तन” का रूपमा व्याख्या गरेका छन्।

इस्रायली मिडिया प्रतिक्रिया:
इस्रायली मिडियाले भने ममदानीको मुस्लिम पहिचान र “इस्रायल विरोधी धारणा” माथि जोड दिएको छ। इस्राएल हायोम अखबारले उनलाई “सबैभन्दा प्रमुख एन्टी–जायनिस्ट आवाज” भनेर उल्लेख गरेको छ। च्यानल 14 न्यूजले ममदानीले आफ्नो जितको भाषण अरबीमा सुरु गरेको बताउँदै शीर्षक राखेको छ, “फलस्तीनी समर्थक मेयरको ऐतिहासिक जीत।”

मआरिव पत्रिकाले ममदानीका समर्थकहरूले “फ्री फलस्तीन” का नारा लगाएको बताएको छ र ममदानीको पुरानो भनाइ उद्धृत गरेको छ—“इस्रायललाई म यहुदी राष्ट्र मान्दिन।” वाईनेट वेबसाइटले उनको जितलाई “इस्रायलका लागि चेतावनी संकेत” भन्दै लेखेको छ र यो जितले “विश्वव्यापी इस्रायल विरोधी रुझान” बढाउने दाबी गरेको छ । यी समाचार बिबिसीमा लेखिएको छ।

 

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend