बुधबार, साउन १३ २०८३

१३ साउन २०८३ , बुधबार | July 29, 2026 Wednesday

गजाला हाश्मी भर्जिनियाकी पहिलो मुसलमान महिला उप–गभर्नर

गजाला हाश्मी भर्जिनियाकी पहिलो मुसलमान महिला उप–गभर्नर

53
Shares
53
Shares

भर्जिनिया — भारतीय मुलकी अमेरिकी राजनीतिज्ञ गजाला हाश्मी अमेरिकाको भर्जिनिया राज्यकी पहिलो मुसलमान महिला उप–गभर्नर बनेकी छन् । डेमोक्रेटिक पार्टीकी उम्मेदवार हाश्मीले रिपब्लिकन पार्टीका जोन रीडलाई पराजित गर्दै ऐतिहासिक जित हात पारेकी हुन् ।

यसअघि पनि उनले सन् २०१९ मा भर्जिनिया राज्यको सिनेटमा प्रवेश गरेर इतिहास रचेकै थिइन् । उनी त्यहाँकी पहिलो मुसलमान र पहिलो दक्षिण एसियाली अमेरिकी सिनेटर बनेकी थिइन् । हाश्मीले उप–गभर्नरका रूपमा मजदुरको तलब वृद्धि, सस्तो स्वास्थ्य सेवा, आवास समस्या समाधान र समान अवसर सिर्जना गर्ने प्रतिवद्धता जनाएकी छन् ।

भारतको हैदराबादमा सन् १९६४ मा जन्मेकी गजाला चार वर्षको उमेरमा परिवारसहित अमेरिका गएकी थिइन्। अमेरिकी साहित्यमा पीएचडी गरेकी उनले झन्डै तीन दशकसम्म भर्जिनियाका विभिन्न विश्वविद्यालयमा प्राध्यापन गरिन्।

उनले भारतीय मुलका अजहरसँग विवाह गरेकी छन् र दुई छोरीकी आमा हुन् । उनका ससुराली परिवार अहिले पनि भारतको आन्ध्र प्रदेशमा बसोबास गर्छन् । हाश्मीले आफु जनसेवामा समर्पित रहने बताउँदै भर्जिनियामा शिक्षा, स्वास्थ्य, आवास र वातावरण सुधारलाई प्राथमिकता दिने घोषणा गरेकी छन्।

  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    सम्बन्धित समाचार

    © 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend