न्युयोर्क । युनाइटेड किरात राई अर्गनाइजेशन अफ अमेरिका (UKROA), यायोक्खा न्यु योर्क च्याप्टरले अमेरिकाको न्युयोर्कमा किरात राईहरूको महान् चाड बलिहाङ् चाड को सुखद उपलक्ष्यमा यही अक्टोबर १७, २०२५ मा देउसी-भैलो कार्यक्रम सम्पन्न गरेको छ ।
UKROA न्यु योर्क च्याप्टरका अध्यक्ष अरुण राईको अध्यक्षतामा न्युयोर्कको ज्याक्सन हाइट, क्वीन्समा सम्पन्न भएको उक्त कार्यक्रममा अध्यक्ष राईले सहभागी सबैलाई हार्दिक धन्यवाद दिँदै बलिहाङ्को शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रमको स्वागत मन्तव्य UKROA न्यु योर्क च्याप्टरकी वरिष्ठ उपाध्यक्ष तथा कलाकार संघ अमेरिकाकी अध्यक्ष बसन्ती राई ले राख्नुभएको थियो ।
जनजाति महासंघ नेपालका पुर्व उपाध्यक्ष डन्डु धोपक्या कार्यक्रमका प्रमुख अतिथि हुनुहुन्थ्यो । प्रमुख अतिथि धोपक्याले बलिहाङ्को शुभकामना दिँदै नेपालमा पिछडिएका समुदायको हकहित, अधिकार, भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षणका लागि सरकारले अझै पनि बेवास्ता गरी आवश्यक सहयोग नगरेको बताउनुभयो। साथै, हालसम्म प्राप्त अधिकारहरू संसारभर छरिएर रहेका आदिवासी जनजातिको आन्दोलनको उपलब्धि भएको स्पष्ट पार्नुभयो ।
कार्यक्रमका विशेष अतिथि फेडरेसन अफ इन्डिजिनस पिपल्स अफ नेपाल इन अमेरिका (FiPNA) का अध्यक्ष टोरन गुरुङ ले बलिहाङ्को विषयमा प्रकाश पार्दै उपस्थित सबैलाई बधाई तथा शुभकामना दिनुभयो ।

“हामी नेपाली ग्लोबल” का वरिष्ठ उपाध्यक्ष, न्यूयोर्कका मेयर एरिक आदम का सल्लाहकार तथा दिल कुमारी फाउन्डेसनका संस्थापक नवराज के.सी. ले न्युयोर्कजस्तो व्यस्त सहरमा सबैले समय निकालेर रमाइलो साथ बलिहाङ्/दीपावली मनाएकोमा बधाई तथा शुभकामना दिनुभयो।
त्यसै गरी, FiPNA की वरिष्ठ उपाध्यक्ष पेमा लामा, FiPNA का क्षेत्रीय उपाध्यक्ष पूर्ण मगर, FiPNA की महिला उपाध्यक्ष तथा UKROA न्यूयोर्क च्याप्टरकी निवर्तमान अध्यक्ष र UKROA केन्द्रीय महासचिव ममता खालसङ राई ले पनि उपस्थित सबैलाई बलिहाङ्को शुभकामना दिँदै चाडको विषयमा कवितासमेत वाचन गर्नुभएको थियो ।

कार्यक्रममा नेपालका राष्ट्रिय कलाकार तथा गोविन्द डान्स सेन्टरका संस्थापक गोविन्द राई, UKROA का पूर्व केन्द्रीय अध्यक्ष प्रभाकर राई, मार्सल आर्ट्स एसोसिएसनका संस्थापक पार्खी खालसङ राई, FiPNA का कोषाध्यक्ष कृष्ण महर्जन, किरात याक्थुङ चुम्लुङ, युएसएका केन्द्रीय अध्यक्ष पुरण लिम्बू, हेभनली पाथ युएसएका पुर्व केन्द्रीय अध्यक्ष सुकु लाम्दली राई लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
यस अवसरमा चार जना नयाँ सदस्यहरूलाई स्वागत गरिएको थियो भने कलाकार अनिसा राई र नबिना लिम्बुले सुन्दर नृत्य प्रस्तुत गरी मनोरञ्जन प्रदान गर्नुभएको थियो ।
सो कार्यक्रम UKROA न्यु योर्क च्याप्टरका महासचिव सिर्जना राई ले सञ्चालन गर्नुभएको थियो ।
© 2026 All right reserved to usnepaltoday.com | Site By : SobizTrend